यमनमा हुथी विद्रोहीकाे आक्रमणमा परी ५ सय सरकारी सैनिकको ज्यान गयाे, १५ सय घाइते

काठमाडौं, २९ भाद्र : यमनकाे सरकारी सुरक्षा बलले पश्चिमी तटमा महिनाभरी भएकाे जारी आक्रमणमा ५ सय जना भन्दा बढी सैनिककाे ज्यान गएकाे जनाएकाे छ । सुरक्षा बलले आक्रमणमा परी करिब १ हजार ५ सय जना सैनिक घाइते भएकाे जनाकारी गराएकाे हाे।

यमनका सरकारी सुरक्षा बलहरूले रणनीतिक बाब अल–मान्देब जलमार्गतर्फ हुथी विद्रोहीहरूले तीव्र रूपमा सैन्य प्रगति गरिरहेका बेला यो जानकारी बाहिर आएको सिन्ह्वाले जनाएको छ । अल–जुम्हुरिया टिभी द्वारा प्रसारित वक्तव्यमा सरकारको ‘नेसनल रेसिस्टन्स फोर्सेस’ले अगस्ट ९ देखि सेप्टेम्बर १० तारिखबीच साेही क्षति भएको जनाएको हाे। सोही अवधिमा एक हजार भन्दा बढी हुथी सदस्य मारिएको र हजारौं घाइते भएको समाचारमा उल्लेख छ । यद्यपि, यी तथ्यांबहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

वक्तव्यका अनुसार हुथीहरूले मिसाइल, ड्रोन र विस्फोटक डुंगामार्फत आक्रमण गरेपछि लडाइँ शुरु भएको थियो । त्यसपछि यो लालसागरको हुदैदाह प्रान्तको दक्षिणी भागमा रहेको हायस क्षेत्रबाट छिमेकी दक्षिण–पूर्वी प्रान्त ताइजका विभिन्न मोर्चासम्म फैलिएको थियो ।

संबन्धित शिर्षकहरु

यमनमा हुथी विद्रोहीकाे आक्रमणमा परी ५ सय सरकारी सैनिकको ज्यान गयाे, १५ सय घाइते

इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतकाे अफगानिस्तानमाथि सहज जित