पूर्णप्रसाद शर्मा चितवन, असार १८ ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्ट एम. जे. एफले सानो प्रयासले ठुलो परिवर्तन ल्याउने बताउनुभएको छ । वहाँले सो कुरा आज डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ का बिभिन्न स्थानमा जडान गरिएका सेमि अटोमेटिक हात धुने धाराको उद्घाटन गर्दे बताउनुभएको हो ।
ब्यक्तिगत सरसफाई तथा भौतिक दुरि कायम मात्रै कायम गर्दा पनि कोभिडबाट बच्न सकिने तर्फ बहाँले सचेत गराउनुभएको छ । कार्यक्रमकमा भट्टले लायन्सले गरेको यो पहललाई अन्य संघ सस्था तथा स्थानिय सरकारले सिको गर्ने हो भने धेरै नागरिकले राहत पाउने र ब्यक्तिगत सरसफाईमा ठुलो परिर्वतन आउने बताउनुभयो । कोभिड १९ रोकथामका लागि डिष्ट्रिक ३२५ बि २ ले यो बर्ष बिशेष कार्यक्रम ल्याएको वहाँले जानकारी दिनुभयो ।
लायन बर्ष २०२०/२१ मा “हात धोऔं कोरोना बचौं ” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै डिष्ट्रिक भरिनै सावन पानीले हात धुने प्रबन्ध गरिने बताउनुभएको छ । गैडाकोट नगरपालिका परिसरमा जोडिएका धाराको उद्घाटन कार्यक्रममा गैडाकोटका मेयर छत्रराज पौडेले लायन्सले आज स्थापना गरेका धाराहरु हेर्दा सानो भए पनि रणनतिक महत्व राख्ने बताउनुभयो । कोरोना महामारीमा मात्र होईन हात राम्ररी धुने बानीले सधै निरोगी बनाउदै यसले सेवाग्राहिलाई धेरै राहत पु¥याउनेमा आफुबिश्वस्त रहेको बताउनुभयो ।
वहाँले लायन्स ईन्टरनेशनलसँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउदै बहाँले भोलिका दिनमा पनि यसप्रकारका काम गर्न आफु ईच्छुक रहेको बताउनुभयोे । रत्ननगर बकुलहर अस्पताल परिसर टाँडीमा जडान गरिएको धाराको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीले ब्याक्तिगत सरसफाईमा ध्यान पु-याउदा धेरै किसिमका रोगलाग्न बाट बचिने तर्फ ध्यानाकर्षण गराउदै लायन्सले गरेको कार्यको मुक्त कण्ठले प्रशंशा गनुभएको थियो ।
वहाँले लायन्सले गर्ने यस्ता रचनात्मक कार्यमा नगरपालिका सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयोे । त्यसै गरि बिभिन्न कार्यालय प्रमुखहरुले मानबिय स्वास्थ्यमा लायन्सले अनुकरणिय कार्य गरेको भन्दै लायन्सको प्रशंशा गर्नुभएको थियो । आज एरिया नं ३ अन्र्तगत गैडाकोट नगरपालिका कार्यालय, गैडाकोट, ईलाका प्रहरी कार्यालय गैडाकोट, नवलपुर तथा युनिक्याम्पस ग्लोवल अगाडी शहिदचोक नारायणगढ, मालपोत कार्यालय भरतपुर, कारागार कार्यालय भरतपुर, नेपाल बिधुत प्राधिकरण भरतपुर बितरण केन्द्र र रत्ननगर बकुलहर अस्पताल टाँडी गरि बिभिन्न ७ स्थानमा जडित सेमि अटोमेटिक धारा उद्घाटन गरिएको हो ।
गैडाकोट क्षेत्रमा जडान गरिएका धाराहरुको ब्यावस्थापन गैडाकोट क्षेत्रका लायन्स तथा लियोहरुले गर्नुभएको एरिया नं ३ का सचिब लायन पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो । अन्य धाराहरु चितवनमा क्रियाशिल लायन्स क्लबहरु लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ नारायणगढ मिड टाउन, लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ भरतपुर सिटी र लायन्स क्लब अफ भरतपुर सम्बृद्धि तथा एउटा धारा डिष्ट्रिक ३२५ बि २ बाट प्राप्त भएको हो ।
उद्घाटन कार्यक्रममा डिष्ट्रिक को–अडिनेटरहरु हरिप्रसाद घिमिरे, दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके,कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, डेपुटी कोअडिनेटर राजेन्द्र गौतम लगायत डिष्ट्रिकका बिभिन्न पदाधिकारी, तथा लायन्सकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमको सभापतित्व डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ का चिफ एरिया कोअडिनेटर प्रभाकर पंण्डितले गर्नुभएको थियो ।