चितवनको शुक्रनगरका संजय खनालको रहस्यमय मृत्यु, हत्याको आशंका

चितवन, १९ असार ।
चितवनको शुक्रनगरमा एक युवकको शंकास्पद शव फेला परेको छ । गएराती करिब ८ बजे भरतपुर २५ स्थित आफ्नै बारीमा २८ वर्षिय संजय खनालको शव फेला परेको हो । उनको घरमा दिनभर कोही नभएको र छिमेकीसंग पनि दिनभर नै उनी सम्पर्क बिहिन रहेका थिए । उनको शव हेर्दा कसैले मारेर फालेको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।

“बारीको आलिनेर ढलेको अवस्थामा भेटिएका उनको दुबै खुट्टामा चप्पल थियो भने शरिरमा छाला ददारेको जस्तो देखिन्थ्यो” एक प्रत्यक्षदर्शीले भनेका छन् । मध्यराती प्रहरीले खनालको शव भरतपुर अस्पतालमा ल्यएको छ भने यसबारे थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका इनस्पेक्टर प्रकाश शाहले जानकारी दिएका छन् ।

उनको परिवारमा केही महिनादेखि पारिवारिक बेमेल रहेको बुझिएको छ । मृतक खनालको श्रीमती र ११ महिने एक छोरा छन् ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि