चितवनको शुक्रनगरका संजय खनालको रहस्यमय मृत्यु, हत्याको आशंका

चितवन, १९ असार ।
चितवनको शुक्रनगरमा एक युवकको शंकास्पद शव फेला परेको छ । गएराती करिब ८ बजे भरतपुर २५ स्थित आफ्नै बारीमा २८ वर्षिय संजय खनालको शव फेला परेको हो । उनको घरमा दिनभर कोही नभएको र छिमेकीसंग पनि दिनभर नै उनी सम्पर्क बिहिन रहेका थिए । उनको शव हेर्दा कसैले मारेर फालेको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।

“बारीको आलिनेर ढलेको अवस्थामा भेटिएका उनको दुबै खुट्टामा चप्पल थियो भने शरिरमा छाला ददारेको जस्तो देखिन्थ्यो” एक प्रत्यक्षदर्शीले भनेका छन् । मध्यराती प्रहरीले खनालको शव भरतपुर अस्पतालमा ल्यएको छ भने यसबारे थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका इनस्पेक्टर प्रकाश शाहले जानकारी दिएका छन् ।

उनको परिवारमा केही महिनादेखि पारिवारिक बेमेल रहेको बुझिएको छ । मृतक खनालको श्रीमती र ११ महिने एक छोरा छन् ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन