लायन्स क्लबहरुको संयुक्त कार्यक्रममा १ सय २९ जनाले गरे रक्तदान

चितवन, असार १९ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपाल अन्तरगतका लायन्स क्लब अफ नारायणगढ मिड टाउन लगायत अन्य १३ लायन्स क्लबहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज नारायणगढमा भएको कार्यक्रममा १९ महिला सहित कुल १ सय २९ जनाले रक्तदान गरेका छन् ।

एरिया नं ३ अन्र्तगतका ती क्लबहरुले चितवन लगायत देशभरनै बढ्दै गएको रगत अभाबलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेका हुन् । कोभिड १९ को बढ्दो प्रभावका कारण पछिल्लो समय नेपालमा रगतको अभाव भईरहेको छ ।

एरिया नं ३ का को–चिफ प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर रामप्रसाद भट्ट हुनुहुन्थ्यो । यस्तै, बिशिष्ट अतिथिको रुपमा भरतपुर महानगरपालिका बडा नं ३ का अध्यक्ष चन्द्रमित्र पंण्डित रहनुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को–अडिनेटरहरु दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके, कमलप्रसाद श्रेष्ठ, माधबप्रसाद पौडेल, डेपुटी को–अडिनेटर राजेन्द्र गौतम, प्रबिना श्रेष्ठ, एरिया नं ३ का चिफ एरिया को–अडिनेटर प्रभाकर पंण्डित, एरिया सचिब पूर्णप्रसाद शर्मा लगायत क्लबका अध्यक्ष तथा पदाधिकारी, तथा लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी