प्रम ओलिको पक्षमा चितवनमा उर्लियो जनसागर

चितवन,असार १९- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज भरतपुरको चौविसकोठीमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा उनिहरुले प्रदर्शन गरेका हुन् ।

पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको चौविसकोठीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड जस्ता नारा नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

भरतपुरको चौविसकोठी देखि चितवन मेडिकल केलज सम्म सडक किनारमा प्रर्दशन गरिएको हो । प्रर्दशनमा ठूलो संख्यामा युवा विद्यार्थीको सहभागिता रहेको थियो । देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’