बाल यौन शोषणको आरोपमा बम्जन विरुद्ध मुद्दा दर्ता, १४ वर्ष कैदको माग 

सर्लाही, असार २० ।

तपस्वी भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्धा दर्ता भएको छ । लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै मुद्धा दर्ता गरीएको हो । मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ ।

मतियारको रुपमा रहेका उनका दुई सहयोगीलाई पनि सजायको माग गरिएको छ । वि. स. २०७३ साल साउन मा आश्रमस्थलमै आनी बनेर बसेकी बालिकालाई विभिन्न प्रलोभन देखाइ बलात्कार गरेको र पीडितलाई डर धम्की देखाइएको दाबी मुद्दामा गरिएको छ । घटनाको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् ।

उनी १८ वर्षकी भएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । प्रहरीले त्यस बेला नै अदालतबाट अनुमति लिएर प्रतिवादी बम्जनसहित उनका दुई मतियारलाई पक्राउ गर्न खोजे पनि पक्राउ गर्न सकेको छैन ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन