बायर्न म्युनिखद्धारा जर्मन कप फुटबलको उपाधि हासिल

काठमाडौं, २१ असार :
यस वर्षको जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायर लिभरकुजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

लिभरकुजेनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सर्जी नाब्रीले एक एक गोल गरे । लिभरकुजेनलाई काइ हाभर्ट्ज र सेभेन बेन्डरले एक एक गोल फर्काए ।

यससँगै बायर्नले २० औं पटक जर्मन कप फुटबलको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो ।

बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । यसअघि उसले बुन्डेसलिगाको उपाधि जितिसकेको छ । यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ । एजेन्सी

 

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा