नेकपाका वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता

काठमाडौं, २२ असार :
सत्तासिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ ।

चिनियाँ राजदूत होउ यान्छी र नेकपामा शक्ति संघर्षको एक खेमाका उच्च नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल पार्टीका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने पक्षमा रहेका छन् ।

स्थायी कमिटिका ४५ मध्ये ३० सदस्य उनीहरुको पक्षमा छन् । तर ओली पार्टी त्यसमा राजी नभएका बेला चिनियाँ राजदूत होउ र नेता नेपालबिच आइतबार बेलुका भेटवार्ता भएको हो । नेकपाको संकट उत्कर्षमा पुगेका बेला भएको सो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

होउ र नेपालबिच नेपाल निवास कोटेश्वरमा भेट भएको हो । राजदूत आफै नेपाल निवास गएर भेट गरेकी हुन् । यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो ।

केन्द्रीय सचिवालयमा ओली संकटमा परेका बेला गएको वैशाख १९ गते राजदूत होउले प्रचण्च र नेपालसँग भेट गरेकी थिइन् । त्यसपछि भोलिपल्टको सचिवालय बैठकले ओलीको पक्षमा निर्णय गरेको थियो।

 

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन