नेपालीको स्वदेश फिर्ती : यूएईबाट मात्रै २० वटा चार्टर्ड उडान

काठमाडौं, २२ असार :
यूएईबाट १६ दिनको अवधिमा ३५ सय नेपाली स्वदेश फर्किएका छन् । कोरोनाको कारण समस्यामा परेका ३५ सय २ जना नेपाली २० वटा चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, खान बस्न समस्यामा परेका, रोजगारी गुमाएका या बेतलबी बिदामा रहेका, विद्यार्थी लगायतलाई स्वदेश फर्काइएको उहाँले बताउनुभयो ।

टिकट र होटल क्वरेण्टीन खर्च आफैंले व्यहोर्ने गरी सरकारले स्वदेश फिर्तीको लागि चार्टर्ड जहाज नेपाली लिन पठाए पनि स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका तर टिकट किन्न नसक्ने अवस्थाका नेपालीलाई दूतावासले सम्बन्धित म्यानपावर कम्पनी, च्यारिटी अर्गनाइजेशन लगायतसँग समन्वय गरी स्वदेश पठाएको राजदूत ढकालले बताउनुभयो ।

आइतबारसम्ममा विभिन्न देशमा समस्यामा परेका १८ हजार ९ सय नेपाली स्वदेश आइपुगेकाछन् । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म विभिन्न देशबाट १८ हजार ९ सय नेपालीलाई चार्टर्ड जहाजमार्फत स्वदेश आइपुगेका हुन् ।

अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया र माल्दिभ्सबाट त्यहाँ समस्यामा रहेका नेपालीलाई नेपाली र केही विदेशी चार्टर्ड जहाजले स्वदेश ल्याएका हुन् ।

यस्तै श्रीलंका, यूएई, साउदी अरेबिया सिंगापुर, हङ्गकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन् । आज पनि बहराइन र साउदी, कवेत र मलेसियाबाट नेपाली फर्कंदै छन् भने साउदी, यूएई र मलेसियामा नेपाली लिन जहाज साँझ जाँदै छन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’