छोरीको जन्मदिनमा जीवन बिमा उपहार

२४ असार

भरतपुरमा मंगलवार जन्मदिनको उपहारस्वरूप जिवन बीमा पोलिसी प्रदान गरिएको छ ।पछिल्लो समय जन्मदिनमा केहि नयाँ काम गरौँ भन्ने हेतुले छोरीको जन्मदिनको अवसरमा जिवन बीमा गराइदिएको भरतपुरमा किराना पसल संचालन गरिरहनु भएकि नमुना आचार्यले बताउनुभयो ।

१२ बर्षकि छोरी एलिस्का बगालेको सुर्या लाइफ इन्स्योरेन्स पर्सा शाखाबाट ५ लाखको सुर्या संरक्षित बाल जीवन बीमा योजनामा जीवन बीमा गराउनु भएको हो । जन्मदिनको अवसरमा बच्चा हरुलाइ जीवन बीमाको पोलीसी उपहार दिएर राम्रो कामको सुरुवात गरेको सुर्या लाइफ इन्स्योरेन्स पर्सा शाखाका शाखा प्रमुख उर्मिला ढकालले बताउनुभयो ।

सामाजिक दुरी कायम राख्दै उपस्थित भएका बगालेका आफन्त र सुर्या लाइफ इन्स्योरेन्स का अभिकर्ता हरुको माझ सुर्या लाइफका सिनियर अभिकर्ता प्रवेश किरण अधिकारी ले आमा छोरी आचार्य र बगालेलाइ प्रदान गर्नुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा