नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौँ, २४ असार :

आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ ।

पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् । पैँतालीस सदस्यीय स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै