चितवनका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २८ असार :
चितवनमा आज (आइतबार) पाँच जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका वडा नंं.५, १५, १६ र २४ का एक २७ वर्षीया महिला र ३६ देखि ४३ वर्ष उमेर समूहका चार जना पुरुष रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।

आज संक्रमण पुष्टि भएसंगै चितवनमा कुल संक्रमितको संख्या एक सय नाघेको छ । हालसम्म सबैभन्दा भरतपुर महानगरपालिकामा संक्रमित भेटिएका छन् भने इच्छाकामना गाउँपालिकामा अझैसम्म पनि संक्रमित फेला परेको छैन ।

भरतपुर प्रयोगशालामा शनिबार १२९ वटा नमुनाको परीक्षण गरिएको थियो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा