चितवनका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २८ असार :
चितवनमा आज (आइतबार) पाँच जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका वडा नंं.५, १५, १६ र २४ का एक २७ वर्षीया महिला र ३६ देखि ४३ वर्ष उमेर समूहका चार जना पुरुष रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।

आज संक्रमण पुष्टि भएसंगै चितवनमा कुल संक्रमितको संख्या एक सय नाघेको छ । हालसम्म सबैभन्दा भरतपुर महानगरपालिकामा संक्रमित भेटिएका छन् भने इच्छाकामना गाउँपालिकामा अझैसम्म पनि संक्रमित फेला परेको छैन ।

भरतपुर प्रयोगशालामा शनिबार १२९ वटा नमुनाको परीक्षण गरिएको थियो ।

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै