रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ, २९ असार : 

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आइतबार तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरी आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेस गर्नु भएको थियो । कम्पनीका अन्य सञ्चालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दरप्रसाद कँडेल रहेका छन् ।

यस सभाले सञ्चालक समितिको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आव २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरणहरुको प्रस्ताव पारित गरिएको छ । साथै कम्पनीको आव २०७६/०७७ को लागि लेखा परीक्षक नियुक्ति र कम्पनीको पारिश्रमिक निर्धारण, सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ ।

यस सभाले कम्पनीको प्रबन्ध पत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गरेको थियो । कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा यसलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै