चितवन र नवलपरासी पूर्वमा १९ नयाँ कोरोना संक्रमित थपिए

चितवन, ३१ असार :
नवलपरासी पूर्व र चितवनमा गरी १९ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ११ र चितवनका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाका ९ र कावासोती नगरपालिकाका २ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

चितवनका संक्रमित सबै माडी नगरपालिका १, ७ र ८ नम्बर वडाका रहेको प्रयोगशालाले जनाएको छ । दुवै जिल्लाका सबै संक्रमित क्वारेन्टाइनमै रहेका छन् ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन