३८ औं बीपि स्मृति दिवस मनाइदैं, विभिन्न ठाउँमा कार्यक्रम

काठमाडौं, ६ साउन :
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला ९बीपि०को ३८ औं स्मृति दिवस आज मनाइँदैछ ।

बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ ।

विभिन्न जिल्लामा पनि काँग्रेस तथा यसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी बीपिलाई सम्झदैछन् । कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

पछि उँहा विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।

कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो ।

 

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन