चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

चितवन, ४ भदौ :
चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं। १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार विगत ६ दिनदेखि कोभिड १९ संक्रमण भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको दिउँसो २स्५७ बजे मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, स्पाईनल ईन्जुरले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने