चितवनमा भदौं १२ गतेसम्म निषेधाज्ञा थप

चितवन, ५ भदौ :

चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनले भदौं १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने–‘भोलिदेखि भदौं १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।’ यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएकोमा यसपटक माडी नगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

पहिलोपटक गरिएको एक साताको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिदै थियो । चितवनमा पछिल्लो समय दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

चितवनमा आज मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये २२ जना चितवनका थिए भने अन्य चार जना विभिन्न जिल्लाका बिरामीहरु रहेका थिए ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन