सेक्युरेटी प्रेस मामिलामा आरोपित माथि छानबिन हुने गृहमन्त्री थापाको भनाई

हेटौँडा, ११ फागुन :

गृहमन्त्री रामबहादुर थापा“बादल”ले सेक्युरेटी प्रेस मामिलामा आरोपित नेकपा नेता तथा पुर्व सञ्चार मन्त्री गोकुल बासकोटाको विषयमा सरकारले पनि छानबिन गर्ने बताएका छन् ।

बागमती प्रदेशको सुरक्षा समितिको बैठकलाई आज हेटौँडामा संवोधन गर्दै गृहमन्त्री बादलले बास्कोटा प्रकरणलाई छानविनको माध्यमबाट समाधान गरिने बताए ।

सरकारले एमसिसिलाई नेकपा नेताहरुको कार्यदलले बुझाएको रिर्पोट अनुसार छलफल गरेर पास गर्ने भन्दै उनले नेकपाको सरकारले कालापानीमा भएको भारतीय हस्तक्षपको कुटनीतिक तबरले समाधान गर्ने बताए ।

नेपालका पछिल्लो दुई वर्षमा आर्थिक बृद्धिदर ७ प्रतिशत हुनु राम्रो संकेत भएको भन्दै उनले सरकारले यो वर्षलाई विकास प्रारम्भको वर्षको रुपमा लैजाने बताए । अघिल्लो वर्ष विकासको आधार तय गरिएको र यो वर्ष विकासको प्रारम्भको वर्ष हुने उनको भनाई रहेको थियो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’