सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता : गृहमन्त्री थापा

u[xdGqL Jofkf/ ljZn]if0f tfnLddflrtjg, !@ kmfu'g M Jofkf/ tyf lgsf;L k|j4{g s]Gb|n] ;f]daf/ /Tggu/df cfof]hgf u/]sf] …Jofkf/ ljZn]if0f tyf lgsf;L k|j4{g;DaGwL tfnLdÚsf] pb3f6g ;df/f]xdf u[xdGqL /fdaxfb'/ yfkf . tl:a/M gf/fo0f clwsf/L, /f;;

चितवन, १२ फागुन :

गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उहाँले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ । प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ ।”

गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।”

सुखी नेपाली समृद्ध नेपाल वनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको उहाँले बताउनुभयो । पाँचदिने सो तालीमको उद्योग वाणिज्य सङ्घ रत्ननगरले सहजीकरण गरेको हो । सङ्घका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणालगायतले तालिमको महत्वमाथि चर्चा गर्नुभएको थियो ।(रासस)

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने