अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा 

भारत , १२ फागुन :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ ।

ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुनेछ । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहनु भएको छ । विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा जानु भएको छ । त्यसपछि उहाँहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनु हुनेछ ।(रासस – एएफपी)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’