चितवनमा ८ जना थपिए नयाँ संक्रमित

चितवन, ४ असोज :
चितवनमा शनिबार राति थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवन र पूर्वी नवलपरासीका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १०, १४ र १५ का ७ जना पुरुष रहेका छन् । उनीहरु ४१ देखि ६७ वर्ष उमेर समूहका छन् ।

यस्तै नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–२ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको आशा अस्पताल भरतपुरबाट स्वाब निकालिएको हो । शनिबार राति कुल २७४ नमुना परीक्षण गरिएको थियो ।

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन