नाभाल्नी जर्मन अस्पतालबाट डिस्चार्ज

MOSCOW, RUSSIA – DECEMBER 24, 2017: Opposition activist Alexei Navalny files the paperwork with the Russian Central Electoral Commission to run in the 2018 Russian presidential election. Alexander Shcherbak/TASS Ðîññèÿ. Ìîñêâà. 24 äåêàáðÿ 2017. Îïïîçèöèîíåð Àëåêñåé Íàâàëüíûé âî âðåìÿ ïîäà÷è äîêóìåíòîâ â Öåíòðèçáèðêîì ÐÔ. Êàíäèäàòû íà ïðåäñòîÿùèõ â ìàðòå 2018-ãî ãîäà ïðåçèäåíòñêèõ âûáîðàõ äîëæíû ïîäàòü ïîäïèñè è äîêóìåíòû íà ðåãèñòðàöèþ ñ 27 äåêàáðÿ äî 31 ÿíâàðÿ 2017 ãîäà. Àëåêñàíäð Ùåðáàê/ÒÀÑÑ

बर्लिन, ७ असोज :

रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ ।

नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले नाभाल्नीको उपचारमा संलग्न फिजिसियनले स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको जनाएको छ । तर चिकित्सकहरुले विषको दिर्घकालीन असरका बारेमा अहिल्यै बताउन कठिन रहेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगष्ट २० मा अचेत भएपछि दुई दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो ।

जर्मनीका रासायनिक हतियार विज्ञहरुले नाभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाएको दाबी गरेका छन् ।

रसियाले नाभाल्नीमाथि रासायनिक तत्व नोभिचोक खुवाइएको बारेमा विस्तृत विवरण रसियालाई उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ । नाभाल्नीमाथि भएको भनिएको आक्रमणलाई लिएर रसिया र पश्चिमा राष्ट्रबीच आरोपप्रत्यारोप जारी छ । (रासस–एपी)

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ