चितवन, ३ कार्तिक :
ग्लोवल स्किल डेभलपमेन्ट नेपालले १ दिने प्रभावकारी भाषणकला तालिम भर्चुवल विधिबाट सम्पन्न गरेको छ ।
३५० भन्दा बढी सहभागी रहेको तालिममा भाषण गर्ने तरिका, अभ्यास र प्राविधिक विषयहरुमा छलफल गरिएको थियो । तालिममा प्राध्यापक एंव शिक्षा क्षेत्रका उत्प्रेरक प्रशिक्षक सुुनिल देवकोटा र नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष प्रशिक्षक अर्जुन अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम मुक्तिराम सापकोटाको संयोजकत्वमा आयोजना गरिएको थियो । कोरोना कहरको यस परिस्थितीमा सामुहिक भेला भएर तालिम गर्न असम्भव भएकाले प्रविधिको प्रयोग गर्दै कार्यक्रम गरिएको हो । चुनौतीलाई अवसरको रुपमा लिदै कार्यक्रमको आयोजना गरिएको संयोजक सापकोटाले बताउनुभयो ।





