परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौ, १६ फागुन :
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको उच्चस्तरीय बैठकमा भाग लिन स्वीटजरल्याण्ड गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन् । मन्त्री ज्ञवाली आज बिहान साढे १० बजे काठमाडौं आइपुगेका उनको सचिवालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मानवअधिकार प्रवर्द्धन र संरक्षण प्रति नेपालले हासिल गरेका उपलब्धिबारे बैठकमा जानकारी गराएका थिए । उनले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिचेल बेचलेटसँग पनि भेटवार्ता गरे। भेटका क्रममा मन्त्री ज्ञवालीले मानवअधिकारको विश्वब्यापी प्रवर्द्धन र संरक्षणमा निर्वाह गरेको भूमिकाप्रति उच्चायुक्त बेचलेटको प्रशंसा गरे ।

उच्चायुक्त बेचलेटले पनि मानव अधिकार परिषदको सदस्यका रुपमा मानव अधिकारको रक्षाका लागि पुर्याएको योगदानका लागि नेपाललाई धन्यवाद दिएका थिए । भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यका विषयमा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी गराएका थिए ।

जेनेभामा फागुन १२ गतेदेखि भएको बैठकमा भाग लिन मन्त्री ज्ञवाली फागुन १० गते त्यसतर्फ प्रस्थान गरेका थिए।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा