चितवन, १८ मंसिर :
नारायणगढ जेसिजको ४३ औं शाखा अधिबेशनबाट युवा ब्यबसायी एवं सामाजिक ब्यक्तित्व बासुदेब दवाडी अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न अधिबेसनबाट सन् २०११ देखि जेसिजमा आबद्ध दवाडी अध्यक्ष बन्न सफल हुनुभएको हो ।
निर्वाचित भएसंगै उहाँले युवाहरुलाई ब्यक्तिगत, सामाजिक, ब्यबसायीक साथै अन्तर्राष्टिय स्तरमा प्राप्तहुने अवसरको खोजी गरि तालिम तथा सचेतनासंगै ब्याबसायिक प्रबद्धनमा अभियानहरु संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
कृषि क्षेत्रमा प्रयोग हुने औषधि उत्पादक कमपनी गोल्डेन एग्रो केमिकल प्रा लि का निर्देशक रहनुभएका उहाँ आधा दर्जन बढी ब्याबसायिक संघ संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
अधिबेशनबाट कार्यकारिणी उपाध्यक्षमा कपिल श्रेष्ठ र राजेस ढकाल निर्बिरोध निर्बाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा मुक्तिनाथ काप्री, अविनाश खनाल, आमिन प्रधान र सुवास श्रेष्ठ चयन हुनुभएको छ । निर्देशकहरुमा विपिन कंडेल, रोशन घले, कृष्ण प्रसाद बराल र रुपेश मल्ल चयन हुनुभएको छ ।

अधिबेशन नारायणगढ जेसिजका शाखा अध्यक्ष अनोज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । सन् १९७५ मा स्थापना भएको नारायणगढ जेसिजले युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ ।





