चितवन, ९ पुष ।
टेक्नोलोजी सम्बन्धि विविध सेवाहरु प्रदान गर्ने संस्था “बुट ब्रदर्श” बिहिबारदेखि भरतपुरमा सञ्चालनमा आएको छ । लामो समय देखि रामपुर क्षेत्रमा रही ल्यापटप, कम्प्युटर, प्रिन्टर, सिसिटिभी, नेटवर्किङ सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेका युवा सुबर्ण बस्ताकोटीले जिपिएस सम्बन्धि सेवा समेत थप गरि चौबिसकोठी प्लाजामा कार्यालय स्थापना गर्नुभएको हो ।

सञ्चालक बस्ताकोटीका बुवा ज्ञान प्रसाद र आमा यज्ञ कुमारीले संयुक्त रुपमा रिबन काटेर सेवा सुभारम्भ गर्नुभएको थियो । सो अवसरमा चितवन छाहारी यातायात सेवा प्रा लि का अध्यक्ष बद्री प्रसाद पौडेल, रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नारायणगढका शाखा प्रबन्धक मुकुन्द भुसाल, जियो मेटका बजार प्रमुख ज्योति गैरे लगायत जिल्लाका युवा तथा ब्यबसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।






