पूर्वी चितवन उद्योग व्यवसायको सम्भावित क्षेत्र : वरिष्ठ उपाध्यक्ष भट्टराई

चितवन, २६ माघ :

उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन् ।

उद्योग वाणिज्य संघ खैरहनीको नवनिर्वाचित कार्यसमितिलाई सोमबार बधाई तथा शुभकामना दिन खैरहनी चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा दुवै संस्थाबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा उवासंघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले आगामी दिनहरूमा उद्योगी व्यवसायीलाई पर्ने सङ्कटमा दुई संघ सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका चितवन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले पूर्वी चितवन उद्योग व्यवसायको सम्भावित क्षेत्र भएकोले संघ सङ्गठन सहकार्य आवश्यक पर्ने भन्दै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

खैहरनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठले एकै नगरमा रहेर दुईधार नभई एक आपसमा साझेदार भूमिकालाई निर्वाह गर्दा उद्योगी व्यवसायीलाई सबल र सक्षम बनाउन टेवा पुग्ने बनाउनुभयो । सो अवसरमा नवनिर्वाचित कार्यसमितिलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो ।

खैरहनी चम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन