चितवन, ३ फागुन:
स्वस्तिक नेपालको १५ औं स्थापना दिवस तथा आठौं अधिवेशन पुर्वी चितवनको रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर ९ टिकौलीमा रहेको इको पार्कमा भएको अधिवेशनबाट अध्यक्षमा राजन अधिकारी चयन हुनुभएको छ ।

संस्थाको संस्थापक अध्यक्ष हिरामान मर्हजनको प्रमुख अतिथ्यतामा रहेको कार्यक्रममा उपाध्यक्षमा राम बहादुर लोहनी, महासचिवमा बिमल अधिकारी,सचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा इश्वरी प्रसाद पण्डित, सदस्यहरुमा ऋषिराम तिमिल्सिना, नवराज फुयाल, सुजन सिंह अधिकारी, हेमन्त के.सि (हरी) निर्विरोध निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष भरत मल्लले बताए ।

कार्यक्रममा पुर्व अध्यक्षहरु सुदिप सिंह अधिकारी, गणेश प्रसाद पौडेल, बालकृष्ण कंडेल, महेन्द्र बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । वि.स २०६३ सालमा स्थापना भएको संस्था स्वस्तिक नेपालले विशेष गरि स्वास्थ्य र शिक्षाको क्षेत्रमा कार्य गर्दै आएको छ ।
अध्यक्ष निर्वाचित अधिकारी चितवनका सफल व्यवसायी समेत हुन् ।





