चितवनको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी रहने छैन : एस पी अधिकारी

तस्बिर : सुनिल पौडेल

गिता घिमिरे

चितवन, १५ फागुन :

चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले जिल्लाको शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन कटिबद्ध भई लाग्ने बताउनु भएको छ ।

केहि दिन अघि मात्र चितवनको प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएका उहाँले नयाँ निति तथा कार्यक्रम भन्दा पनि प्रहरी संस्थाको विधि पद्धती र कार्यसम्पादनको मुल्य मान्यता अनुरुप जिल्लामा शान्ति, सुरक्षा र अमन चयन कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तस्बिर : सुनिल पौडेल

रेडियो त्रिवेणी १००.६ मेगाहर्जको आयोजनामा शनिवार बिहान सम्पन्न टेलिफोन डाइरेक्ट्री लोकार्पण कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । “चितवनको सुरक्षा व्यवस्था केही चुनौतीपुर्ण पक्कै छ ।” उहाँले भन्नुभयो – “समाजका अराजक प्रवृत्ती भएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई सभ्य समाज निर्माणमा सिंगो प्रहरी संगठन लागी पर्नेछ ।”

रेडियो त्रिवेणीका निर्देशक प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्याक्रममा रेडियोका स्टेशन म्यानेजर मुकुन्द भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समाचार प्रमुख हेमराज रिमालले सहजीकरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै निर्देशक पौडेलले कानुन पालनामा प्रहरीलाई सघाउन रेडियो त्रिवेणी सदैंव तत्पर रहेको बताउनु भयो ।

तस्बिर : सुनिल पौडेल

 

कार्यक्रममा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल, रेडियोका निर्देशक एवम् समुदायिक सेवा केन्द्र नारायणगढका सुचना अधिकारी अर्जुन अधिकारी, युवा व्यवसायी यादव खनाल, वेस्ट पि।टि।ई सेन्टर भरतपुरका यमलाल सापकोटा, रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अविरल लगायतले बोल्नु भएको थियो ।

 

तस्बिर : सुनिल पौडेल

सप्तगण्डकी मिडिया प्रा।लिद्धारा संचालित रेडियो त्रिवेणी १००।६ मेगाहर्जले जिल्लाका महत्वपुर्ण संस्था तथा व्यक्तिहरुको सम्पर्क नम्बर समावेश गरि टेलिफोन डाईरेक्ट्री प्रकाशनमा ल्याएको हो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन