अन्तरास्ट्रिय नारी दिवसको अवसरमा मनोविमर्श सेवा शुभारम्भ

भरतपुर, २४ फागुन :
“महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार मुल नारा सहित १११औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा लैंगिक हिंसा तथा मानसिक स्वास्थ्य प्रभावितहरुका निमित्त भर्चुअल माध्यमबाट मनाेविमर्श सेवा कार्यक्रम सम्पन्न भएकाे छ ।
संस्थाकी अध्यक्ष एवम् महिला अधिकारकर्मी मीना खरेलको सभापत्तित्वमा भएकाे कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलको प्रमुख अतिथि रहनु भएको थियो ।
मनोविद् एवम मनोविमर्शकर्ता एवम अधिबक्ता खिमा रिजालले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो । कोभिड १९ ले बिश्वभरि सामाजिक, आर्थिक र मानसिकरुपमा मानवसमुदाय अझै धेरै असुरक्षित र समस्याग्रस्त भएको कार्यक्रम सहभागी वक्ताहरुकाे भनाई रहेकाे थियाे ।
भर्चुअल माध्यमबाट दुइ दर्जन बढि बिभिन्न स्थानबाट सामाजिक अभियन्ता, प्राध्यापक, स्वास्थ्यकर्मिहरुले सहभागिता जनाएका थिए । संस्थाका तर्फबाट आदर्श नारी विकास केन्द्रकी संस्थापक अध्यक्ष सिता सापकोटाले आफ्ना विचार र भावना हरेकले खुलेर राख्न नसक्दा अहिले ठुलो संख्यामा मानसिक समस्यामा रहेकाहरुलाइ यस्तो कार्यक्रम अत्यन्त सान्दार्भिक रहेको बताउनु भएको थियो ।
केन्द्रका सल्लाहकार एवम सामाजिक अभियन्ता बिदुर केसिले शुभकामना दिदै कार्यक्रमको उदेश्य अनुसार हरेक क्षेत्रबाट साथ सहयोग अावश्यक रहेकाे बताउनुभयाे ।कार्यक्रम हरेक हप्ता शनिवार दुइ घण्टा सामाजिक संजालबाट लाइभ कार्यक्रम संचालन गर्ने र आगामी दिनमा हटलाइन नम्बर प्रदान गरि प्रत्यक्ष रुपमा गुनासो सुन्ने र समाधान गर्ने हेल्प डेक्सको संचालनमा ल्याउने महिला अधिकारकर्मी मीना खरेलले बताउनु भएको छ ।
कार्यक्रमकाे प्राविधिक संयोजन संस्थाका कार्यसमिति सदस्य निश्चल सापकोटाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका संचार संयोजक अर्जुन अधिकारीले गर्नु भएको थियो । संयाेजक अधिकारी रेडियो त्रिवेणी १००.६ मेगाहर्जकाे निर्देशक समेत हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा