गृहमन्त्रीमा थापा पुनःनियुक्त

/f;;sdL{nfO{ cGt/jftf{ lbb} u[xdGqL /fdaxfb'/ yfkf afbn . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौँ, ५ वैशाख :
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा ९एमाले०का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको थियो । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उहाँलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज स्वीकृत गर्नुभएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन