लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको कार्यक्रममा ५२ जनाले गरे रक्तदान

राजु अधिकारी

चितवन, २७ बैशाख ।

लायन्स क्लब अफ भरतपुर इन्द्रेणीद्वारा सोमबार आयोजित घुम्ती रक्तदान कार्यक्रममा कुल ५२ जनाले रक्तदान गरेका छ्न । ३१ गते सम्म संचालन हुने कार्यक्रम अन्तरगत आज पहिलो दिन भरतपुर २८ साझापुरमा २३ पोइन्ट, वडा नम्बर २७ तेलौलीमा १६ पोइन्ट र पुर्बी चितवनको सौराहामा १३ पोइन्ट रगत संकलन गरिएको हो ।

सो अवसरमा बोल्दै क्लबका सस्थापक अध्यक्ष लायन द्रोणबाबु सिवाकोटीले कोभिड १९ ले आक्रान्त पारेको बर्तमान समयमा बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा क्लिनिक नेपाल मेघौलीका साथै स्थानिय अगुवाहरु श्याम अधिकारी, मोहन अधिकारी, आयोजक संस्थाका तर्फबाट द्वितीय उपाध्यक्ष लायन शिला परियार, लायन सरु पाण्डे, लायन लालु अधिकारी, लायन लक्ष्मी नेपाली लगायतको सकृय सहभागिता रहेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा