चितवनमा निषेधाज्ञा प्रभाव : कोरोना सार्ने केन्द्र बन्दै बैंकहरु (फोटो फिचर सहित )

सुमन पौडेल
भरतपुर, बैशाख २८ ।

मङगलबार बिहानैदेखि चितवनमा निषेधाज्ञाको पुर्ण प्रभाव देखिएको छ । अत्यावश्यकिय सेवा बाहेकका अन्य सवारी तथा पसलहरु पुरै ठप्प छ्न । जिल्लाका सातै स्थानिय तहका जनता घरभित्रै छ्न । प्रशासनले जारी गरेको सुचना अनुसार खाद्यान्न, फलफुल तथा किरानाका पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र खुल्ने गरेका छ्न ।

यसरी दैनिक उपभोग्य बस्तु बेच्ने पसलहरु केही घण्टाका लागि मात्र खुला गर्दा मानिसहरुको चाप झनै बढ्ने र कोरोना संक्रमणको जोखिम समेत उच्च हुन सक्ने भएकाले यसतर्फ प्रशासनले सोच्नुपर्ने जनताको गुनासो छ ।

यता, बैंक तथा वित्तीय संस्थाहरुले पनि बन्दाबन्दीको यो परिस्थितिमा सेवा प्रवाहलाइ झनै साघुरो बनाएका छ्न । केहीले बिहान १० बजे देखि २ बजे सम्म र केहीले त अझै १ बजे सम्म मात्र सेवा दिइरहेका छ्न । त्यति मात्र भए पनि ठिकै थियो, थप कुरा के भने एउटै बैंकका विभिन्न शाखाहरु मध्ये एकदिनमा एउटा मात्र शाखा खोलेर आलोपालो गर्नाले सेवाग्राहीहरुको चाप ह्वात्तै बढेको पाइएको छ ।

“नियमित समयमा सबै शाखा खोले पो मान्छे कम हुन्छन्” बैंक अफ काठमाडौ लायन्सचोक शाखामा पैसा जम्मा गर्न आएका एक सेवाग्राहीले भने -“उल्टो काम गरेकाले नै झन कोरोना बढ्ने वाला छ ।”

हाल चितवनका खुल्ला रहने सबैजसो बैंकका शाखाहरुमा पैसा राख्न र झिक्न आउनेहरु ठेलम ठेल गर्दै लाइनमा बसेको देख्न सकिन्छ ।

गत आइतबार मात्र ग्लोबल आइ एम इ बैंकको शहिदचोक शाखामा १०० भन्दा बढीको संख्यामा मानिसहरु पट्यारलाग्दो लाइन बसिरहेका थिए । यो बैंकले भरतपुर महानगर भित्र ६ शाखा रहेकोमा सातामा ६ दिन दैनिक एकमात्र शाखा खोल्ने गरेकाले चाप बढेको हो ।

यसरी दैनिक उपभोग्य सामग्रीका पसल र बैंक तथा बित्तीय संस्थाहरुले संकटका बेला सेवा प्रवाहलाइ फैलाउन पर्नेमा झन सकुचित पार्दै लैजादा कोरोना सार्ने मुख्य केन्द्र नै यी ठाउहरु बन्ने कुरामा दुई मत छैन ।

यस विषयमा बैंकका शाखा प्रबन्धकहरु सग बुझ्दा सर्वसाधारणहरुले जरुरी नै नपरी सामन्य अवस्थामा जस्तै बैंकमा धाइरहनाले समस्या बढेको तर्क गर्छन ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन