बिरामी कुरुवा र राती ड्युटी गर्ने स्वास्थ्यकर्मीहरुलाइ खाना खुवाउने अभियान

भरतपुर, १६ जेष्ठ ।

“बाचौ र बचाऔ एक आशाको किरण” अभियानले चितवनका अस्पतालहरुमा बिरामी कुरुवा र राती ड्युटी गर्ने स्वास्थ्यकर्मीहरुलाइ खाना खुवाउने अभियान संचालन गरिरहेको छ । भरतपुर सरकारी अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजमा यस प्रकारको सेवा संचालनमा ल्याइएको हो ।

कोरोना कहरसंगै जारी निषेधाज्ञाका कारण सम्पुर्ण होटल तथा खाजाघरहरु समेत ठप्प भएका बेला संचालन गरिएको यो अभियानले दैनिक करिब २ सय ५० जना लाभान्वित भइरहेका छ्न ।

गत १२ गते देखि सन्चालित कर्यक्रममा हाल नारायणगढ जेसिज र चितवन अटो एशोसियसन (काडा) ले समेत सहकार्य गरिरहेका छ्न । यस अभियानमा जोडिन चाहने हरुले मोबाइल नम्बर ९८५५०६१८४४, ९८४५०४६०९९, ९८६०३९५३२२, ९८५५०५९४६०, ९८५५०५९८८० र ९८४४२७०३३० मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’