नेपाल चश्मा ब्यबसायी संघ चितवनको संयोजनमा स्वास्थ्य सामग्री सहयोग

भरतपुर, १७ जेष्ठ ।

नेपाल चश्मा ब्यबसायी संघ चितवनको संयोजनमा सोमबार कोभिड टास्क फोर्स चितवनलाइ विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोभिड रेस्पोन्स कार्यक्रम अन्तरगत संचालित टास्क फोर्सलाई करिब १ लाख ३५ हजार रुपैया बराबरको आर्थिक सहयोग गरिएको नेपाल चश्मा ब्यबसायी संघ चितवनका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

नेपाल होलसेल चश्मा ब्यबसायी संघ काठमाण्डौ, एनसिडिए चितवन र सेवक फर्मा भरतपुरले अभियानमा सहयोग गरेका थिए । एनसिडिए चितवनका अध्यक्ष इश्वर भण्डारी, पूर्ब अध्यक्ष शिव प्रसाद पण्डित, सचिव लक्ष्मी श्रेष्ठ, चश्मा ब्यबसायी संघ चितवनका कोषाध्यक्ष निरज पौडेल र सदस्य सरोज पौडेल समेतको सहभागिता रहेको कार्यक्रममा अक्सिमिटर, औषधि, पन्जा, मास्क, फेस सिल्ड लगाएतका स्वास्थ्य सामग्री टास्क फोर्स चितवनका एम्बेसडर डा. स्नेहा अधिकारीलाइ हस्तान्तरण गरिएको थियो ।

संबन्धित शिर्षकहरु

आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएल क्रिकेटको शीर्षस्थानमा