क्लिनिक नेपाल मेघौलीद्वारा क्यान्सर अस्पताललाइ ६ सेट प्यासेन्ट मनिटर हस्तान्तरण

मुकुन्द भुसाल
२५ जेष्ठ, भरतपुर ।

क्लिनिक नेपाल मेघौली संस्थाले भरतपुर क्यान्सर अस्पताललाई करिब ५ लाख मूल्य बराबरको ६ सेट प्यासेन्ट मनिटर सोमबार हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने र जिल्ला स्वास्थ्य प्रमुख दिपक तिवारीको रोहबरमा संस्थाका अध्यक्ष हरि भण्डारीले अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाइ सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा सन्चालित १४० शैयाको कोभिड वार्डमा सबिक ६ ओटा मात्र मनिटर रहेकोमा सिकिस्त बिरामीहरुलाइ लक्षित गरी थप ६ सेट मनिटर नि:शुल्क उपलब्ध गराइएको अध्यक्ष भणडारीको भनाइ छ ।

क्लिनिक नेपालले मुलुकमा कोरोना महामारी सुरु भएदेखी नै यसको रोकथामका निम्ति विभिन्न खालका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । संस्थाले क्यान्सर अस्पताललाइ यसअघि समेत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको ब्यवस्थापक सुमन पौडेलले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन