गुरुकुल कलेजका विद्यार्थी अर्यालले पत्ता लगाए फेसबुक म्यासेन्जरको कमजाेरी : पाए तीनहजार डलर

४ असार ।
भरतपुरकाे गुरुकुल कलेजको कक्षा-१२ मा अध्ययनरत बिद्यार्थी समीप अर्यालले फेसवुक म्यासेन्जर एप्लिकेसनमा रहेकाे सुरक्षा कमजोरी पत्ता लगाएका छन् । म्यासेन्जर एप्लिकेसन मार्फत ब्यक्तिका आन्तरिक डकुमेन्ट चुहावट हुनेगरेकाे पत्ता लगाई रिपोर्ट गरेपछि अर्याललाई फेसवुकले “फेसवुक भल्निर्याविलिटि अवार्ड” बाट सम्मानित गरेकाे छ ।

नगद तीन हजार एकसय पच्चीस डलर सहित आफुलाई फेसवुकले सम्मानित गरेकाे कलेजमा आज आयाेजित पत्रकार सम्मेलनमा अर्यालले जानकारी दिए । उनका अनुसार उनी यसअघि पनि दशौ पटकसम्म सम्मनित भइसकेका छ्न ।

मेसेन्जर बाट सम्वन्धित ब्यक्तिका आन्तरिक डकुमेन्ट चाेरी हुने अवस्था रहेकाे तथ्य पत्ता लगाई आफुले फेसवुकमा रिपाेर्ट गरेकाे उनले बताए । साे अबसरमा कलेजका प्राचार्य टिकाराम चापागाईंले खादा र प्रमाणपत्र सहित अर्याललाई सम्मान गर्नुभएको थियाे । कलेजका अनुसार यही जुन ५ मा बिद्यार्थी अर्याललाई अवार्ड प्राप्त भएको र फेसवुककाे हल अफ फेममा २४ औ स्थान प्रदान गरेकाे छ ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष केशविर श्रेष्ठ , सहायक प्राचार्य प्रतीक ढकाल, शैक्षिक निर्देशक सुशील रेग्मी , शैक्षिक गुणस्तर बिभाग प्रमुख जगन्नाथ लामिछाने, बिज्ञान कार्यक्रम संयाेजक हरिहर भुषाल,  ब्यबस्थापन कार्यक्रम प्रमुख सुशील रेग्मी, पुर्व प्राचार्य बिनाेदखण्ड तिमिल्सिना, लगायत उपस्थित हुनुहुन्थ्यो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन