चितवन, असार २१ ।
भरतपुर महानगरपालिका २५ का वडाध्यक्ष बिजय कुमार भुजेल आर्थिक अनियमितताको काण्डमा मुछिएका छन । वडामा बिबादित एक अंशबण्डा तथा नाता प्रमाणित सम्बन्धी मुद्धा मिलाउने क्रममा उनले पिडित पक्ष भनिएका आमा छोराबाट नगद ५ लाख असुलेको भन्दै वडाका चारै जना सदस्यहरुले दाबी गरेका छन ।
आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै उनिहरुले वडाध्यक्ष भुजेलको राजीनामा समेत मागेका छ्न । यस सम्बन्धी थप खोजी भइरहेको छ ।





