सोमालियामा कार बम बिस्फोट, ८ जनाको मृत्यु, १७ घाइते

काठमाडौं , ९ मंसिर  :

अफ्रिकन मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

विद्रोही समूह अल सबाबले सोमालियाको राजधानी मोगादिशुमा अमेरिकन मिसन टोलीलाई लक्षित गरी गराएको कार बम विस्फोटमा मारिनेमा विद्यार्थीहरु पनि रहेका छन् ।

मोगादिशुको एक विद्यालयबाट अघि बढेको मिशन टोलीलको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा ८ विद्यार्थी मारिएका हुन् । विस्फोटका कारण विद्यालय परिसरमा राखिएका सवारीसाधन नष्ट हुनुका साथै विद्यालयमा पनि क्षति पुगेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । -एजेन्सी ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने