घनश्याम भुसाल उपाध्यक्षमा पराजित

चितवन, १४ मंसिर :

नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् ।

७ जना उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याएपछि पराजित भएका हुन् । भुसालले ७२५ मत ल्याए । उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा बढी अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरिन् ।

विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत ल्याए । भुसालबाहेक ६ जना उम्मेदवार निर्वाचित भएका छन् ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन