भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डाै, २७ पुस :

आज देशभरको मौसम आंशिक बद्ली रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ ।

भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपात हुनेछ । देशका अन्य प्रदेशमा भने मौसम सफा नै रहने अनुमान गरिएकाे छ । हुम्लामा भने हिजोअस्ति जस्तो आज हिमपात नहुने मौसमविद्ले बताएका छन् ।

धेरैजसो ठाउँमा केही दिनयता पारिलो घाम लागेको छैन ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा