चितवनमा ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न

चितवन, १२ चैत्र ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको आयोजनामा शनिबार बीमा सचेतना कार्यक्रम भब्य रुपमा सप्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनिका चितवन हेटौडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले सहाभागीहरुलाइ जीवन बीमाको आवश्यकता र महत्वका साथै बीमा सम्बन्धी प्रचलित कानुनी ब्यबस्था लगाएतका बारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले ज्योति लाइफ इन्स्योरेन्स कम्पनिका बिमा योजनाहरु बारे समेत सहभागीहरुको जिज्ञासा मेटाउनु भएको थियो ।

सो अवसरमा गत फागुन महिना शाखामा सर्बोत्कृष्ट बिजिनेश गरे बापत एजेन्सी म्यानेजर मिलान तामाङ्ग ‘अन्जन’ लाई सम्मानित समेत गरिएको थियो । कम्पनिको चितवन शाखा प्रबन्धक मुकुन्द भुसाल र एजेन्सी म्यानेजर प्रकाश लामिछालेने कार्यक्रमलाइ सहजीकरण गरेका थिए ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन