भरतपुर, १६ चैत्र :
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रिलायन्स साथी अभिमुखीकरण कार्यक्रम चितवनको नारायणगढमा सम्पन्न गरेको छ । रिलायन्स साथीको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको एरिया म्यानेजर सुर्य गिरीले बताए ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको बीमाको पहुंच बढाउन अभिकर्ताको महत्वपुर्ण भुमिका रहेको भन्दै बीमाको महत्व बुझाएर काम गनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले रिलायन्स साथीको क्षमता अभिवृद्धिमा कम्पनीले विभिन्न काम गरेको भन्दै आगामी दिनमा समेत कार्यक्रमहरु गर्ने बताए ।
कार्यक्रममा सेल्स हेड सुर्य प्रकाश गुप्ता र सन्दिप कसजु, रिजनल म्यानेजर ईन्द्र वि.क लगायतले बीमाको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभगीमध्ये क्षेत्रमा राम्रो व्यवसाय गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको हो । जस अन्तर्गत हेटौडा शाखाबाट सेल्फ कोडमा सर्वाधिक विजनेस गर्ने अनिता घलान र सर्वाधिक विजनेस गर्ने पुजा भट्टराईलाई सम्मान गरिएको एरिया म्यानेजर सुर्य गिरीले बताए । एरिया म्यानेजर गिरि वर्ष २०७७(७८ को रिलायन्स सिईओ रनिङ ट्रर्फी विजेता समेत हुन् ।





