भरतपुर, १९ चैत :
युवा समाजसेवी प्रकाश लामिछानेले आसन्न स्थानीय तहकाे निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं २० बाट वडा सदस्य पदमा उमेदवारी दिने घाेषणा गरेका छन् ।
नेपाली काँग्रेस भरतपुर २० ले आज शनिबार गरेकाे कार्यक्रममा लामिछानेले उमेदवारी दिने घाेषणा गरेका हुन् । पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसबाट पुर्णकालिन राजनिती गरेका लामिछाने साे क्याम्पसकाे इकाई सचिव समेत थिए ।
नेपाल विद्यार्थी संघकाे राजनीतिमा सक्रिय लामिछाने २०५६ सालदेखि नेपाली काँग्रेसकाे साबिक गुञ्जनगर गाउँ बिकास समिति, साबिक चित्रवन नगरपालिका र हालकाे भरतपुर महानगरपालिका वडा नं २० विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । लामिछानेले MBA गरेका छन् ।
पढाइमा अब्बल रहेका लामिछानेले अब युवाले नेतृत्व लिने बेला भएकाे भन्दै आफ्नाे उमेदवारी आफ्नाे पार्टीबाट दिएकाे बताए ।
लामिछाने बिगत १० वर्ष देखि नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यका रुपमा काम गरिरहेका छन् ।





