भरतपुर, २० चैत्र :
आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं २० बाट वडा सदस्य पदमा उमेदवारी दिने घोषणा गरेका युवा समाजसेवी प्रकाश लामिछाने आफ्नो वडा सदस्य पदको उमेदवारी स्वाभावीक भएको बताएका छन् ।
आज बिहान वडामा रहेका युवाहरुको भेलालाई सम्बोधन गर्दै लामिछोनेले नेपाली काँग्रेस पार्टीलाई अझ मजबुद बनाउनको लागी उमेदवारी दिने निर्णयमा पुुगेको बताए । वडा अध्यक्षमा सिनियर आउनुहुन्छ बिस्तारै युवा नेतृत्वमा आउन आवश्यक रहेको बताए ।

चितवनपाटीसंग कुराकानी गर्दै लामिछानेले वि.स २०५६ सालदेखि नेपाली काँग्रेसको विभिन्न गतिबिधीमा सम्लग्न रहेकाले पनि उमेदवारी स्वाभावीक छ । उनले भने,“ मेरो जित पनि सुनिश्चीत छ ।” पार्टीका अग्रज र युवा साथीहरु कै सल्लाहमा उमेदवारी दिने घोषणा गरेको बताए ।
पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसबाट पुर्णकालिन राजनिती गरेका लामिछानेसंग नेपाल विद्यार्थी संघको इकाई सचिव समेत भएर काम गरेको अनुभव छ ।
पढाइमा MBA गरेका लामिछाने बिगत १० वर्ष देखि नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यका रुपमा काम गरिरहेका छन् । उनि भरतपुर महानगरपालिका वडा नं २० का चर्चित युवा पनि हुन् ।





