चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

file photo

चितवन, २१ चैत्र :

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बाघको आक्रमणबाट माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको ज्यान गएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२३ मा रहेको निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा हिजो बेलुका विकलाई बाघले आक्रमण गरेको थियो ।

आफन्तको घरमा बस्दै आएका उहाँलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन