धादिङमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

धादिङ, २३ चैत्र : 

धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ ।

दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ । मंगलबार राति कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेको भन्दै प्रहरीले थप छानविन गरिरहेको बताएको छ । स्थानीय चुनावका लागि गाउँ गाउँमा सरगर्मी बढ्दै गएको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन