युवा नेता रेग्मी भन्छन्, “पार्टीले टिकट दिए अनुकरणीय काम गर्छु ।

हेम राज रिमाल
भरतपुर, २३ चैत्र :

आसन्न स्थानीय निर्वाचनको चुनावी सरगर्मी बढे सँगै भरतपुर महानगरपालिका वडा नं २० मा माहोल तातिएको छ । नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा दाबेदार लोकप्रिय समाजसेवी एवम् युवा नेता हुमराज रेग्मीले पार्टीले टिकट दिए वडामा अनुकरणीय काम गर्ने बताए ।

चितवन पाटीसँग कुराकानी गर्दै युवानेता रेग्मीले २०४६ सालदेखिको नेपाली कांग्रेसको क्रियाशील राजनीतिलाई सशक्त पार्न आफ्नो दाबेदारी स्वभाविक भएको बताए,“ २०४९ सालमा बालकुमारी कलेजमा नेपाल विद्यार्थी संघबाट स्व. वि .यु . निवार्चनमा म सह सचिवको उमेद्वार थिएँ ।” उनले भने,“नेपाली काँग्रेसको राजनीतिमा मेरो धेरै रगत पसिना बगेको छ ।” काम शिलशिलामा देश बाहिर रहँदा समेत पार्टीको हरेक गतिविधिमा तन मन र धनले सहयोग गरेको कुरा स्मरण गरे । वडामा सहयोगी, मिलनसार,लोकप्रिय छवी बनाएका युवा समाजसेवी रेग्मीले युवा एकजुट भएमात्र समाज तथा राष्ट्रको उत्थान हुने भन्दै युवा अवस्थामा नै उनले चनौली बजार स्थित क्षितिज युवा क्लवको अध्यक्ष भई नेतृत्व गरेका थिए ।

“युवाको चाहना एवम् अग्रज बुबा आमाको भावना बुझेर वहाँ कै आग्रहमा मैले उम्मेदवारी दिएको हुँ । उनले भने । सबैलाई मिलाएर जाने क्षमता मसँग छ । युवा नेता रेग्मी भीमनगर माध्यमिक विद्यालय भरतपुर –२० को एक कार्यकाल विद्यालय व्यवस्थापन समितिको सदस्य , चनौली वजार व्यवस्थापन समितिको दुई कार्यकाल सदस्य तथा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको निवर्तमान आर्थिक संयोजक तथा हालका कोषाध्यक्ष भएर काम गरिरहेका छन् ।

स्पष्ट वक्ता एवम् स्वच्छ छवी बनाएका युवामाझ लोकप्रिय नेता रेग्मीले इण्डेन आइडियल प्रशान्त तामाङ्लाई चनौली बजारमा लाइब कन्सर्टमा ल्याउँदा महत्वपूर्ण भूमिका निवाएका थिए ।

लायन्स क्लब अफ चनौलीको चार्टर मेम्बर समेत रहेका नेता रेग्मी १ दर्जन बढी समाजिक संघ संस्थामा आबद्घ सक्रिय व्यक्ति हुन् ।

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन