भरतपुर महानगरको उपमेयरमा युवा नेता बरालको दावेदारी

भरतपुर , २९ चैत्र :

भरतपुर महानगरपालिका नेपाली कांग्रेसको तर्फबाट उपमेयरका प्रवल दावेदार युवा नेता केदार नाथ बराल देखिएका छन् ।

२०४३ साल देखि रामपुर क्याम्पसको नेविसंघ युनिटबाट सक्रिय राजनीतिमा प्रवेश गरेका बराल १९ वर्षको कलिलो उमेरमै नेपाली कांग्रेसको वडा सभापति तत्पश्चात २१ वर्ष (२०४८ साल) उमेरमा नेपाली कांग्रेस गाउँ समितिको सचिव हुँदै २०४८-५३ सालमा साविक गुन्जनगर गाउँसमितिको सभासद सदस्य भई विकास निर्माण र सामाजिक सेवामा समर्पित भई सक्रिय रुपमा कार्य गरेका बरालको इतिहाँस रहेको छ ।

Grace Chitwan ADS 1080*115 २०४५ सालको जन-आन्दोलन २०६२/६३ को जन-आन्दोलन लगायत विभिन्न स्थानीय निर्वाचन र आम निर्वाचनमा सक्रिय भूमिका खेलेका बराल शिक्षकको रुपमा केहि समय व्यतित गर्दा समेत शिक्षक संघ र ट्रेड युनियनमा समेत नेतृत्वदायी भूमिका निर्वाहमा रहेका बराल, नेपाल ट्रेड युनियन महासंघ (DECONT) को जिल्ला कार्यसमिति सदस्य (२०५७-२०६२) भई सक्रिय भूमिका खेलेका बराल शैक्षिक तथा बौद्धिक क्षेत्रमा समेत योग्य रहेका छन् ।

राजनीतिशास्त्र तथा अर्थशास्त्रमा समेत स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्। विभिन्न सामाजिक संघसंस्था, सहकारी, जेसिस, अनाथलय, रेडक्रस जस्ता संस्थामा सेवा प्रदान गरिसकेका बराल विभिन्न विद्यालयलाई प्रचुर मात्रामा आर्थिक सहयोग गरि सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएका छन् ।

बराल यस महानगरमा पार्टीले विश्वास गरि टिकट प्रदान गरेमा सुनिश्चित विजय प्राप्त गर्ने दावी गर्दछन्। उनले आँफु सफल भएमा युवाहरुको भावनाको कदर गर्दै महानगर भित्र कृषि विकास व्यवस्थित तथा अत्याधुनिक शहरी विकासका मोडेलको योजना अगाडी सार्ने सम्बन्धमा कार्य गर्ने समेत बताउँछन् ।

निज बराल नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा भरतपुर महानगरपालिकाको उपसभापति पदका उम्मेदवार समेत हुन् ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन