मेरो टिकट मात्रै होईन जित पनि सुनिश्चित छ : समाजसेवी एकनारायण पौडेल

भरतपुर, २ बैशाख :

नेपाली कांग्रेस पार्टीबाट भरतपुर २० को वडाध्यक्षको दाबी गरेका स्थानीय समाजसेवी एवम् नेता एकनारायण पौडेलले टिकट मात्रै होईन जित पनि सुनिश्चित रहेको जिकिर गरेका छन् । शुुक्रबार चितवनपाटीसंग कुराकानी गर्दै उनले सो कुरा बताए ।

वि.स. २०३६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध नेता पौडेलले २०४६ सालको अन्दोलनको क्रममा जेल समेत परेको बताए । “ मुुलुक परिवर्तनको लागी सर्घष गर्दै गर्दा म जेल परे ” उनले भने, “ विगत लामो समयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील छुु ।” नेता पौडेलले भरतपु्र २० मा लोकप्रिय छवि बनाएका छन् ।

विगत ५० वर्षदेखि स्थानीयसँग घुलमिल भई समाजसेवामा अगाडि रहेका पौडेल गुन्जनगर खानेपानी उपभोक्ता समितिका संस्थापक अध्यक्ष, भीमनगर माविको भवननिर्माण समितिको संयोजक, चनौलीबजार व्यवस्थापन समितिको सल्लाहकार, उन्नत गाई पालन समूह भीमनगरको सल्लाहकार, मालपोत कार्यालय चनौली स्थानान्तरण समितिको सदस्य, चनौलीबजार बाटो विस्तार समितिका सदस्य, लायन्स क्लब अफ चनौलीका अध्यक्ष लगायत अन्य विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

पश्चिम चितवनमै पहिलो रेडक्रस उपशाखा निर्माण गर्ने र एम्वुलेन्स सेवा संचालन गर्ने कार्यमा नेता पौडेलको उल्लेखनीय योगदान रहेको छ । आफुले स्थानीय जनताको भावना र सुझाव अनुसार आफूले उम्मेदवारी दिएको बताए ।

नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेसनको क्रममा वडा नम्बर २० को पार्टी प्रतिनिधि निर्वाचन समन्वय समितिको संयोजक मण्डलको सदस्यसमेत रहेर काम गरेका पौडेलले सर्वसम्मत आफूले पार्टीबाट टिकट पाएमा सजिलै जित हासिल गर्ने बताए ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन